स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कन्काई ,२ पुस । स्कुटरको ठक्करबाट आज साँझ झापाको कन्काई नगरपालिका -४ कोटीहोममा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।साँझ ७.१५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१३प ३९६६ नं स्कुटरको ठक्करबाट पैदलयात्री कन्काई -४ बस्ने ६५ वर्षीय कर्णबहादुर रायको मृत्यु भएको हो । घाइते रायलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएकोमा साँझ ७।५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक मेचीनगर -९ निवासी ५३ वर्षीय राजु गुरुङ र पछाडि सवार उनकी श्रीमती ५१ वर्षीया तुलसा गुरुङ घाइते भएका छन् । घाइते गुरुङ दम्पत्तिको बीएण्डसी अस्पतालमा उपचार भइरहेको डीएसपी सुरज कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.