दमकमा नगरस्तरिय सांस्कृतिक प्रतियोगिता सम्पन्न

दमक,२ पुस । प्याव्सन दमकले आयोजना गरेको नगरस्तरिय सांस्कृतिक प्रतियोगिता विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।पशुहाटको मैदानमा मंसिर २९ र ३० गते भएको नगरस्तरिय सांस्कृतिक प्रतियोगितामा १२ वर्ष मुनीका गायन र त्यस माथि उमेरका प्रतियोगिहरुवीच आधुनिक तथा सांस्कृतिक नृत्य विधामा प्रतिष्पर्धा गरिएको थियो । प्याव्सन दमकका सचिव नविन योगीका अनुसार प्रतियोगिता अन्तर्गत १२ बर्ष मुनीका गायनमा एभरेष्ट अंग्रेजी स्कूल पहिलो, दोश्रो एकता र तेश्रो इन्सपायर अंग्रेजी बोर्डिङ स्कूल छनौट भए । १२ बर्ष माथिको गायनमा इन्सपायर पहिलो , एलाईड दोश्रो, एकता तेश्रो भएको थियो ।नृत्यतर्फ राष्ट्रिय गीतमा सनराइज मोडल पहिलो, सर्वोदय स्कूल दोश्रो र एभरेष्ट स्कूल तेश्रो भयो ।
प्रतियोगिता अन्तर्गत ३० मंसिरमा सम्पन्न सांस्कृतिक नृत्यतर्फ ग्लोवल र एभरेष्ट पहिलो, मदरल्याड दोश्रो र सनराइज मोडल तेश्रो भयो भने आधुनिक नृत्यतर्फ सर्वोदय पहिलो, रोजियट दोश्रो र इष्र्टन स्टार स्कूल तेश्रो भएको थियो । प्रतियोगितामा पहिलो हुने विद्यालयले सोमबारदेखि सञ्चालन भएको जिल्लास्तरिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्याव्सन दमकका अध्यक्ष जनार्दन मैनालीले बताए । प्रतियोगितामा उत्कृष्ठ हुने विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सो प्रतियोगिताको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरेका थिए भने समापन भने नगर उपप्रमुख रेगिना भट्टराईले गरेकी थिइन् । सोहि कार्यक्रमस्थलमा नै सोमबारदेखि जिल्लास्तरिय प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको संघीय सांसद एलपी साँवाले उद्घाटन गरे । सो अवसरमा लोकसंस्कृति अध्येता शंकर थापा, संगीतकर्मी विशाल राई, लामोसमयदेखि शिक्षा क्षेत्रमा सेवा पुरयाँएवापत होमराज खतिवडा र पत्रकारिताका क्षेत्रमा योगदान पुरयाँएवापत गिरीराज भट्टराईलाई समेत सम्मान गरिएको प्याव्सन जिल्ला अध्यक्ष गौरीमान फागोले बताए ।

Leave a Reply

Your email address will not be published.