एमाले महाधिबेशन : झापा ५ बाट १२ जना निर्वाचित

दमक,३ पुस । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट झापा क्षेत्र नम्बर ५ एकै क्षेत्रबाट अध्यक्षसहित १२ जना निर्वाचित भएका छन् । अध्यक्षमा तेश्रो पटक केपी शर्मा ओली निर्वाचित भए भने सचिवमा हिक्मतकुमार कार्कीसहित १२ जना निर्वाचित भएका छन् । जिल्लाबाट १९ जना निर्वाचित भएका हुन् ।

यस क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा देवेन्द्र दाहाल, दिपक कार्की, रोमनाथ ओली, होमबहादुर थापा, मेनुका काफ्ले, गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, जलवर्षा राजवंशी, निर्मला पाठक नर्वदा रहेका छन् । ती मध्ये प्रदेश सभा सदस्य समेत रहेका होमबहादुर दाजु र गोविन्द भाई हुन् । यस्तै, दमक वडा न. ५ बाट मात्र पार्टी अध्यक्ष ओलीसहित रोमनाथ ओली,गीता अधिकारी,देवेन्द्र दाहाल निर्वाचित हुने अवसर पाएका हुन् ।

दमकबाट केन्द्रीय कमिटीमा अध्यक्ष ओलीसहित,देवेन्द्र दाहाल,रोमनाथ ओली,होमबहादुर थापा,गोविन्द थापा,इन्द्र भण्डारी, निर्मला पाठक गरि ७ जना निर्वाचित भए ।
निर्वाचित १९ मध्ये चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् ।

 

Leave a Reply

Your email address will not be published.