पूर्व शसस्त्र प्रहरी संघ झापाको अध्यक्षमा राई

दमक,२ पुस । नेपाल पूर्व सशस्त्र प्रहरी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । कमल -५ स्थित सशस्त्र प्रहरी बल पाथीभरा जवान शिक्षालयको कभर्डहलमा सोमबार सप्पन्न संघको तेस्रो बार्षिक साधारणसभा एवं प्रथम अधिवेशनले बिरबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्बसम्मत निर्वाचित समितिको उपाध्यक्षमा उपाध्यक्षमा केदार बस्नेत,सचिवमा डिल्लीराम पराजुली ,सहसचिवमा विजयबहादुर पौडेल ,कोषाध्यक्षमा ईन्द्रबहादुर लिम्बू र सह-कोषाध्यक्षमा एकराज भुजेल चुनिएका छन् । यसैगरी सदस्यहरुमा देवराज राजवंशी, पदमबहादुर पौडेल, डालिम थापा, दिपक ओझा,योगेन्द्र बिक्रम बोहोरा ,
सुर्य कुमार श्रेष्ठ र सीता बस्नेत (शहिद परिवार ) चयन भएका छन् ।
पाथिभरा जवान तालिम शिक्षालयका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीको प्रमुख आतिथ्यमा भएको अधिबेशन उद्घाटनमा संघका केन्द्रिय उपमहासचिव पूर्व शसस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेल,कोशी प्रदेश अध्यक्ष तथा पूर्व शसस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल,पूर्व शसस्त्र प्रहरी उपरीक्षक भरतबाबु केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा ३८ रिजर्भ गणका गणपति निवनकुमार खड्का ,  संघका कोशी प्रदेश उपाध्यक्ष प्रहरी उपरीक्षक कमलबहादुर श्रेष्ठ ,संघका पदाधिकारी , प्रतिनिधिहरु तथा ठुलो संख्यामा पूर्व कर्मचारीहरुको सहभागीता रहेको थियो ।सो संघ शसस्त्र प्रहरीका अवकाशप्राप्त प्रहरीहरुको संस्था हो । संस्थाले पूर्व शसस्त्र प्रहरीहरुलाई संगठित गरि सामाजिक गतिविधिहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.