फिदिम,१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फिदिममा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा गाडीबाट झरेर एक जना कार्यकर्ताको निधन भएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा हिलिहाङ ५ सुभाङका ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिममा भएको कार्यक्रम सकेर टिपरको डालोमा बसी घर फर्किदै गर्दा झरेर फिदिम ४ जोरसाल बजार नजिकै मध्य पहाडी राजमार्गमा उनको मृत्यु भएको पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जानकारी दिए ।
उनको शनिबार सॉझ गाडीबाट झर्दा घट्नास्थलमै उनको मृत्यु भएको हो । एमालेले शुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत ओलीले शनिबार पॉचथरको फिदिममा सम्बोधन गरेका थिए ।