साथीभाई समूहको अध्यक्षमा पुनः सिटौला

दमक,२ पुस । सामाजिक काममा सक्रिय दमकको साथीभाई समूहको अध्यक्षमा पुनः गंगा प्रसाद सिटौला चयन भएका छन् ।शनिवार सम्पन्न समूहको पहिलो साधारणसभाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा योगेन्द्र कुमार खत्री, सचिवमा दिपेन्द्र तिवारी, सहसचिव दीलिप गेलाल र कोषाध्यक्षमा अशोक कुमार पाख्रीन चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जीवन दुलाल, चन्द्र खत्री, पदम प्रसाद ढुंगाना, खिलुराज खरेल, शंकर शाह, कुमार ढकाल, कमल कटुवाल र राजु ठकुरी सर्वसम्मत चयन भएको नव निर्वाचित अध्यक्ष सिटौलाले बताए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनको उद्घाटनमा संस्थालाई सहयोग पुरयाँउने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । अधिबेशनको उद्घाटनमा नगर प्रमुख थापाले समूहले स्थापनाको छोटो समयमै उदाहरणीय काम गरेर समाजमा स्थापित भएको चर्चा गरे । बिषेश गरी दमक बषपार्कको अहिलेको आकर्षक स्वरुप यहि समूहको प्रयासमा सफल भएको भन्दै उनले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले साथीभाई समूहमा भएका उर्जाशील युवाहरुको काम प्रशंसनीय भएको औल्याईन् । दमक ७ का वडाध्यक्ष भिम पौडेल, कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरी, पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत (शंकर ) लगायतको आतिथ्यता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.