दमक ,१ पुस ।नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याव्सन ) दमक नगर समितिले विभिन्न विद्यालयमा नृत्य प्रशिक्षण गराउदै आएका शङ्कर विश्वकर्मा र पिन्की दासलाइ दमकका कुनै पनि विद्यालयमा नृत्य प्रशिक्षण गराउन नदिने गरि कार्वाही गर्ने निर्णय गरेको छ ।
दमक प्याब्सनद्वारा सञ्चालित दुई दिने सांस्कृतिक प्रतियोगीताको शनिवार अन्तिम दिन निर्णायकद्धारा विद्यालयको नतिजामा चित्त नबुझेको भन्दै पुरस्कार बितरणमा नाराबाजी गर्दै प्याब्सन दमकका कोषाध्यक्ष सुर्य कट्वाललाई मेड्लको झट्टी हानी खुट्टामा प्रहार गरेको तथा ,सास्कृतिक समितिका संयोजक छत्र कार्की लगायतका विशिष्ट अतिथिहरुलाई गालीगलौज गरि भन्दै दुव्र्यवहार गरेको भन्दै द्धय प्रशिक्षकलाई प्रशिक्षण सम्बन्धी कार्यमा सहभागि हुन नपाउने गरि कारवाही गर्ने निर्णय भएको अध्यक्ष जनार्दन मैनालीले बताए ।
दमक नगरपालिकाकि उपमेयर रेगीना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा आफुले सिकाएको विद्यालयको नतिजामा चित्त नबुझेको भन्दै पुरस्कार बितरणमा अमर्यादित हर्कत प्रस्तुत गरेकोमा कारवाही स्वरुप अब उप्रान्त दमकका कुनै पनि बिद्यालयमा नृत्य प्रशिक्षण गराउन रोक लगाउने तथा झापा जिल्ला प्याब्सनलाई समेत सो बारे जानकारी गराउदै निर्णय कार्यान्वयनका लागि अनुरोधसहित सिफारिस गर्ने निर्णय गरिएको सदस्य दिपक अधिकारीले जानकारी गराए ।
प्रतियोगितामा चित्त नबुझेमा विद्यालय मार्फत सांस्कृतिक समितिमा उजुरी हाल्ने विधि र प्रक्रिया हुदाहुँदै प्याब्सनको पदाधिकारीलाई जथाभावी मुख छाड्ने , भिडलाई उक्साउने जस्ता कार्य गरेकाले पनि कार्वाही गर्नु परेको अधिकारीले बताए । उनलाई बारम्बार सम्झाउदा पनि हामी माथी जाइ लाग्न खोजे पछि अन्त्यमा प्रहरीको सहायता माग्न बाँध्य हुनुपरेको समेत उनले बताए ।