दमक,१ पुस । साहित्य कला सङ्गमले नियमित रचना वाचन कार्यक्रमको २१औं शृङ्खला पूरा गरेको छ । संस्थाको दमक -६ स्थित कार्यालयमा शुक्रवार भएको रचना वाचन कार्यक्रममा साहित्यिक स्रष्टाहरु डा.खेमलाल पोख्रेल,यादव प्रसाद अधिकारी,गोपाल दाहाल,ओम प्रसाद खनाल, दुर्गा काफ्ले,डा.लेखनाथ न्यौपाने,विन्दु दहाल,विष्णु न्यौपाने,राम कुमार नेपाल,लता मिश्र खनाल,हरि पराजुली,डिल्ली निरौला,बिरेन्द्र खडका,परिबेश कोईरालाले रचना वाचन गरेका थिए ।
साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन बिरेन्द्र खडकाले गरेका थिए ।साहित्य कला सङ्गमले हरेक महिनाको पहिलो शुक्रवार नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।