
दमक,१ पुष । कमल ५ स्थित सहकारी समन्वय समितिको नेतृत्व चयन भएको छ । वडामा रहेका सहकारी संस्थाहरुबीच आपसी समन्वय गर्ने उद्देश्यले स्थापना भएको सहकारी समन्वय समितिको हालै जिल्लाको पर्यटकीय स्थल दोमुखमा सम्पन्न प्रथम साधारणसभाले लगनशील कृषि सहकारीका अध्यक्ष एलवी विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको सचिवमा बस्तीविकास शाकोसका अध्यक्ष भूपेन्द्र लावती र कोषाध्यक्षमा महिला शसक्तीकरण सहकारीकी अध्यक्ष नरमाया तामाङ्ग चुनिएका छन् । वडास्तरिय उक्त सहकारी समन्वय समितिमा वडाका ११ वटा सहकारी संस्थाहरु आवद्ध छन् ।