ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा , पुष १ । झापाको सुरुङ्गामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार राति ११.५० बजे तिर कनकाई ३ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेकी कन्काई ८ बस्ने ३८ वर्षिया राधिका सेडाईलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएकी महिलालाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाईएकोमा थप उपचारका लागि बिएण्डसी अस्पताल रेफर गर्दा डाक्टरले मृत्यु भएको जानकारी गराएका थिए । मृतकको शव सोही अस्पतालमा नै रहेको, ट्रक र ट्रक चालक सर्लाही बागमती ४ बस्ने २९ वर्षिय उतम वाईबा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.