हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सुरुङ्गा, १ पुष । जंगली हात्तीको आक्रमणबाट झापाको सुरुङ्गामा विहिबार एकजना वृद्धको मृत्यु भएको छ । जंगलमा घाँस काटन गएका एक वृद्धलाई हात्तीले आक्रमणमा परेर कनकाई नगरपालिका २ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ बर्षिय कृष्ण भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए ।

सोमवार दिउँसो घाँस काटन जंगल गएका भुजेल रातिसम्म पनि घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । सामुदायिक वनभित्र बुधवार दिउँसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरी मारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.