
बिर्तामोड , १ पुष । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दुर्गापुरमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
राति ७.४० बजे कन्काई ७ दुर्गापुरस्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना. ५ ख. ७९३७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे. ७ प.२८४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर दिदाँ मोटरसाइकलमा सवार चालक ईलाम रोङ ६ बस्ने ३३ वर्षिय सन्तोष राई र पछाडी सवार सोही ठाउँका ३५ वर्षिय चन्द्रबहादुर राईको मृत्युभएको हो ।
ठक्करबाट गंभीर घाईते भएका दुवैलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । दुर्घटनामा संलग्न बस र त्यसका चालक ईलाम चुलाचुली २ बस्ने ३१ वर्षिय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाठकले जनाएका छन् ।