दमक ,१ पुस । झापाको कमल गाउँपालिकामा आज दिउँसो सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको कमल -५ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ४८१३ नम्बरको बसले दक्षिणबाट पश्चिमतर्फ जाने क्रममा रहेको को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ्ग, बेलवारी नगरपालिका ८ की ५८ वर्षिया तुलसा देवी गुरुङको मृत्यु भएको हो ।
ठक्करबाट मोटरसाइकल पछाडि सवार गुरुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।