विद्योदयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दमक,१ पुस ।सामाजिक कार्यमा क्रियाशील क्लब हिमालयन टाइगर दमक शाखाको संयोजकत्वमा दमक- ४ अमलगढीमा रहेको विद्योदय आधारभुत विद्यालयका ३५ जना अति विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग र स्टेशनरी सामाग्री वितरण गरेको छ ।
दमक उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा आज विद्यालयमा एक कार्यक्रमा गरि ती सहयोगी सामाग्रीहरु हस्तान्तरण गरिएको हो । सहयोगी सामाग्रीहरु हस्तान्तरण गदैं उपप्रमुख भट्टराईले क्लव हिमालय टाइगरको सामाजिक क्षेत्रमा पुरयाँउदै आएको कार्य प्रशंसनीय भएको औल्याईन् ।

कार्यक्रममा क्लब हिमालयन टाइगर दमक शाखाका अध्यक्ष दिपक खड्का , केन्द्रीय बरिष्ठ उपाध्यक्ष जे विमली, क्लब हिमालयन टाईगरका संस्थापक सदस्य तथा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, क्लबका केन्द्रीय सदस्य सुजन आचार्य, लायन्स क्लव जोन चेयर पर्सन नेत्र चम्लागाई,कमल गाउँपालिका संयोजक केदार चापागाँई, लगायत क्लबमा विभिन्न शाखाका पदाधिकारी साथै अन्य विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.