दमक , १ पुस । दमक -५ गोर्खाली टोल बिकास संस्था अन्तर्गत रहेको गोर्खाली टोल युवा समूहले दमकको दुई वटा आश्रमलाई सहयोगी सामाग्री प्रदान गरेको छ ।समूहले गत तिहारका अवसरमा खेलेको देउसीभैलीबाट संकलन गरेको रकमबाट आश्रमलाई चाहिने आवश्यकीय सहयोगी समान खरिद गरि हस्तान्तरण गरिएको समूहका मोहन बेघाले जानकारी दिए ।
उनका अनुसार समूहले दमक -४ को रत्न जेष्ठ नागरिक बृद्धाआश्रम र दमक- २ मा रहेको हाम्रो बाल आश्रमका बालबालिकाहरुलाई खाद्य सामाग्री, लत्ताकपडा, इलेक्ट्रोनिक रोटी मेकर, पानी तताउने मेसिन प्रदान गरिएको छ ।