सहमहामन्त्रीमा देउवा समूहका आङदेम्बे विजयी

सहमहामन्त्री भीष्मराज आङदेम्बे

काठमाडौं,१पुस । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए ।

२१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् । शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका लामाबीच एक सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।
महिलातर्फ देउवा प्यानलकी उपाध्याय निर्वाचित
नेपाली काँग्रेसको सहमहामन्त्री (महिलातर्फ ) महालक्ष्मी (डीना ) उपाध्याय विजयी भएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा भएको मत परिणाम अनुसार सहमहामन्त्रीमा विजयी भएकी हुन् ।

डिनाले २५३३ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ। काँग्रेस निर्वाचन समितिले मत परिणाम भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

कमला पन्तलाई पराजित गरेर उनी काँग्रेसको पहिलो निर्वाचित सहमहामन्त्री भएकी छन् । उपाध्याय देउवा प्यानलकी उम्मेदवार हुन् भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.