
पथरी, २९ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा केहिदिन यता श्रृंखलावद्ध चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी १ का १९ बर्षिय निमा तामाङ र १९ बर्षिय सन्तोष सुब्बा रहेका छन् ।
उनीहरु विभिन्न मिति र समयमा मोबाईल चोरी, सवारी साधन चोरी, पसल फोडी नगद र सामान चोरी, गरगहना चोरी लगायतमा संलग्न रहदै आएका पहरीको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुको साथबाट मोवाईल ३ थान, ट्यावलेट १ थान, चाँदीको सिक्री १ थान, गाडीको चावी १ थान समेत बरामद गरिएको छ । यसअघि निमालाई पथरी शनिश्चरेबाट डाका मुद्धामा सम्मानित जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्र समेत पठाईएको थियो ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।