
मोरङ, २९ मंसिर ।मोरङको बिराटनगर महानगरपालिका १० बसपार्कबाट सर्वसाधारणहरुलाई जागिर लगाई दिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका २ का ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् ।
अर्यालले उदयपुर, त्रियुगा नगरपालिका ८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक(पटक गरी नगद रु। १ लाख ७३ हजार रकम ठगी गरेको आरोप छ ।
पक्राउ परेका अर्याललाई जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।