पथरीमा नगर बाल सञ्जाल गठन

पथरीशनिश्चरे, २९ मंसिर । मोरङको पथरीशनिश्चरे नगरमा नगर स्तरिय बाल सञ्जाल गठन गरिएको छ । वडा वाल सञ्जालका प्रतिनिधिहरुलाई सहभागी गराई २ दिने बालअधिकार अभिमुखिकरण कार्यक्रमको समापनसँगै आज नगर वाल सञ्जाल गठन गरिएको हो ।
लुथरन विश्व फेडेरेशनको सहयोगमा नगरपालिका कार्यालयको आयोजनामा भूटानी शरणार्थी बालबालिका समेत सहभागि गराइएको कार्यक्रमका माँझ अध्यक्षमा मुरारी खनाल चयन भए। सञ्जालको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सृजन घिमिरे, पूर्णिमा पौदार, आकृति लिम्बू र आर्जु न्यौपाने चुनिएका छन्।
यसैगरि सञ्जालको सदस्यहरुमा, रमिला थापा, रेजिना राई, कृष भट्टराई, उत्सव धिमाल, विवश कार्की, गंगा भण्डारी, दिया भट्टराई चयन भएको जनाईएको छ । सञ्जालमा वडा नम्बर ४ को प्रतिनिधित्वका लागि एक जना सदस्य पद वडा बालसञ्जालको सिफारिस गरि पूर्ण गरिने निर्णय भएको अध्यक्ष खनालले बताए ।
लुथरनका लिलबहादुर कार्की, अभिमुखिकरण कार्यक्रमका सहजकर्ता कोभिड संकट बाल संरक्षण सहाययता स्वयमसेवी समूह राष्ट्रिय बाल अधिकार परिषदका सदस्य प्रजेस खनाल, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.