दमक तेक्वान्दो डोजाङकी देन्सु र रेशुलाई स्वर्ण पदक

दमक, ३० मंसिर । झापाको अर्जुनधारामा आयोजित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले दुई स्वर्णसहित विभिन्न तौलतर्फ आधा दर्जन बढी पदक जितेको छ ।
लक्ष्मीपुर तेक्वान्दो डोजाङले अर्जुनधारा नगरपालिका -६ स्थित लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा सञ्चालित प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका खेलाडीद्धय देन्सु योगी र रेशु धिमालले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
योगीले ४२ केजीतर्फ र धिमालले ३९ केजीतर्फ महिलातर्फ फाइटिङमा स्वर्ण पदक हात पारेकी दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए । उनका अनुसार डोजाङकी सृष्टि लावतीले ३९ केजी र इमिकी मगरले ३६ केजीतर्फको खेलमा कास्य ,पुरुषतर्फको ३९ केजीमा बीरेन्द्र राईले कास्य पदक जितेका छन् ।
त्यस्तैं, महिलाहरुबीच पुम्सेतर्फ डोजाङकी इक्सा मादेनले रजत पदक र रञ्जिता तामाङले कास्य पदक ल्याउन सफल भएकी छन् ।
व्र्षदिन अघि स्थापना भएको सो डोजाङका खेलाडीले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गरि पदकहरु जित्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.