नवदुर्गा र गुहेश्वरी टोलको नेतृत्व चयन

कमल ,२९ मंसिर । झापाको कमल गाउँपलिका वडा –५ स्थित साविक हिमाली टोललाई २ टोलमा बिभाजन गरी नयाँ समिति चयन गरिएको छ ।टोल भेलाले नवदुर्गा टोल बिकास समितिको अध्यक्षमा ताराबहादुर खड्का (अनुप) र गुह्येश्वरी टोल विकास समितिको अध्यक्षमा बिनोदकुमार पाण्डे चुनिएका छन् ।
गठित नवदुर्गा समितिको उपाध्यक्षमा फुलमाया रसाइली ,सचिबमा शुसिल शेर्मा , कोषाध्यक्षमा संकला राई र सदस्यहरुमा सुरजकुमार कुमाल ,रामचन्द्र राई , शुशिला रेग्मी ,कमला राई गुरुङ ,हेमराज कार्की ,बृषलाल मेचे (मनिया) चुनिएका छन् ।
यसैगरि गुहेश्वरी टोल विकास समितिको उपाध्यक्षमा शेरबहादुर आङ्देम्बे,सचिबमा नबिन भट्टराई र कोषाध्यक्षमा साबित्रा खड्का चुनिए भने सदस्यहरुमा देबकुमार चौहान ,देबेन्द्रप्रसाद कुईकेल ,बनिन आङ्गदेम्बे ,जानुका बिष्ट ,मनिका तामाङ , उर्मिला घिमिरे बिक र सरीता माझी चुनिएका छन् ।
लखनपुरमा हर्क र सोनापुरमा नारायण
कमल ६, लखनपुर र सोनापुर टोल बिकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको टोल भेलाले हर्कबहादुर रायाको अध्यक्षतामा लखनपुर टोल विकास संस्था गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा रामचन्द्र निरौला, सचिवमा विनोद सङ्रौला, कोषाध्यक्षमा भावना खड्का लगायत सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै, नारायण भट्टराईको अध्यक्षतामा ११ सदस्यीय सोनापुर टोल विकास संस्था समेत गठन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.