फाल्गुनन्द शाकोस दमक १ को हवल्दार चौंकमा स्थानन्तरण

दमक,२९ मंसिर । दमक -६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था आजदेखि दमक १ स्थित हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ ।आज एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय स्थानन्तरण गरि सेवा शुरु गरिएको सहकारीका निमित्त प्रमुख कार्यकारी दिलीप जवेगुले बताए ।
त्यहाँको किरात धर्म तथा साहित्य उत्थान संघको दोश्रो तलामा स्थान्तरण गरिएको कार्यालय भवनको संस्थाका अध्यक्ष पदम लिम्बू (संकल्प ) ले उद्घाटन गरे ।कार्यालय उद्घाटनका क्रममा उनले संस्थाले शेयर सदस्यहरुको सहजतालाई ध्यान दिदैं दमक १ मा सुविधा सम्पन्न संरचना तयार गरि सेवा पुरयाँउन प्रतिवद्ध भएको जानकारी दिए ।
२०६८ सालमा स्थापना गरिएको सहकारी लामोसमयसम्म दमक ६ स्थित लिङ्गदेन मार्गमा सञ्चालन हुदैआएको थियो । तर, त्यहाँ कार्यालयीय संरचना पर्याप्त हुन नसक्दा सेवा सञ्चालनमा समस्या झेल्दैआउनु परेको थियो ।
संस्थाका प्रमुख कार्यकारी जवेगुले शेयर सदस्यहरुलाई सेवा सञ्चालनमा थप सुविधा पुरयाँउन स्थानन्तरण गरिएको कार्यालय अति उपयोगी हुने विश्वास व्यक्त गरे । संस्थाले स्थानन्तरण भएको सहकारीको कार्यालयसम्म सेवा लिन आउने सदस्यहरुलाई निश्चित अवधिका लागि रिक्सा भाडा वापत एकपटकका लागि रु ५० उपलव्ध गराउने समेत उनले बताए ।
संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्यको संख्या ३ हजार पुगेको छ ।
सो अवसरमा संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्गदेम्बे, कोषाध्यक्ष इक्सा सम्बाहाम्फे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य,व्यवस्थापक कुवेर तुम्बापो, शेयर सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.