साधना शाकोसको अध्यक्षमा न्यौपाने

दमक,२८ मंसिर । दमक- ६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति गठन भएको छ । संस्थाको हालै सम्पन्न ११औँ बार्षिक साधारणसभाले विष्णु न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो । सर्वसम्मत निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा राजकुमार भट्टराई , सचिवमा सन्तोष पौडेल , सहसचिवमा पशुपति अधिकारी , कोषाध्यक्षमा विरेन्द्रकुमार पौडेल र सदस्यहरुमा हरि थापा , राम प्रसाद दाहाल, सरस्वती बराल , देबेन्द्र बराल,योगेश गुरागाई
र मुना पौडेल आचार्य चुनिएका छन् । यस्तै, साधारणसभाले सोम चम्लागाईको संयोजकमा ती सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको संस्थाका निर्वतमान अधयक्ष गोपाल गुरागाईले जानकारी दिए । लेखा समितिको सदस्यद्धयमा शिला लम्साल प्रसाईं र दुर्गा ढकाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published.