छुरा प्रहार गरी भिनाजुको हत्या


इटहरी,२९ मंसिर । इटहरी उपमहनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ वर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन्।

गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए। घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा राति ७ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.