दमक,२९ मंसीर । दमक –१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलमा सोमबार अन्तर सदनात्मक छात्र फूटवल प्रतियोगिता -२०८२ सम्पन्न भएको छ ।स्कूलमा गत मंसीर २० गते सञ्चालित अन्तरसदनात्मक जुनियर तथा निनियर फूटवल प्रतियोगिता सम्पन्न भएको हो । लिग चरणमा खेलाइएको सो प्रतियोगितामा विभिन्न ६ वटा सदनका १७० जना विद्यार्थीहरुले भाग लिएका थिए । बार्षिक कार्यतालिका अनुसार स्कूलले अतिरिक्त कृयाकलाप अन्तर्गत छात्रको फूटवल प्रतियोगिता आयोजना गरेको हो ।
जुनियरमा युनिस सदन विजेता
स्कूलको आफनै खेल मैदानमा भएको फाइनल खेलको जुनियरतर्फ युनिस भट्टराई सदन विजेता बनेको थियो । युनिस सदनले प्रिजा राई सदनलाई हराउदै उपाधि जितेको थियो । सो खेलमा प्रिजाका रेमन लिम्बू उत्कृष्ठ खेलाडी, युनिस सदनका युफूङ लिम्बूले खेल अवधिभर ९ गोल गरि उत्कृष्ठ स्कोरर घोषित भए । जुनियरमा कक्षा ६देखि ८ सम्मका खेलाडी सहभागि थिए ।
सिनियरमा प्रिजा सदन विजेता
यस्तै, सिनियरतर्फ उपाधि खेलमा प्रिजा राई सदन विजेता बन्यो । प्रिजाले ट्राइवेकरमा युनिस भटटराई सदनलाई हराउदै उपाधि जित्न सफल भएको हो । दुवै टिम वीच निकै प्रतिष्पर्धात्मक खेल बनेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीका रुपमा युनिस सदनका रोमन थापा र युनिस सदनकै १० गोलकर्ता समिर राई हाइस्कोररका रुपमा पुरस्कृत भए ।सिनियरतर्फ कक्षा ९ र १० का विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
सोहि अवसरमा प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई विद्यालयका संस्थापक निर्देशक मनोज साम्पाङ राई ,प्रिन्सीपल चन्द्रप्रकाश राई लगायतले पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए ।
पुरस्कार प्रदान गर्दे संस्थापक निर्देशक राईले विद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयले फूटवल लगायतका खेलकुदमा जोड दिदैआएको बताए ।
प्रतियोगिता सम्पन्न गर्न शिक्षक विनोद भण्डारीले अम्पायर र शिक्षकद्धय सञ्जय बस्नेत ,रमन दाहालले कमेन्ट्रीको भूमिका निर्वाह गरेका थिए । यस विद्यालय २०७३ सालमा काठमाडौंमा सम्पन्न यू–१९ एन्फा राष्ट्रिय च्याम्पियन बनेको थियो । यसवाहेक जिल्ला तथा प्रदेशस्तरमा आयोजना हुने फूटवल प्रतियोगितामा दर्जनौ पुरस्कारहरु जित्न सफल हुदैआएको प्रिन्सीपल राईले बताए । चुलाचुलीबाट हालसम्म शेसेहाङ आङदेम्बेसहितका ५ जना खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा प्रस्तुत गरिसकेका छन् ।