झापाको बाह्रदशीमा जंगली हात्ती मृत फेला

झापा, २८ मंसिर । झापाको बाह्दशीमा आज एउटा जंगली हात्ती मृत फेला परेको छ।बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा भाले हात्ती मृत फेला परेको हो । स्थानीय नगेन्द्र राईको बारीको सुटुनी खाई सोही ठाउँको तोरी बारीमा हात्ती मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । स्थानीयको सखरखण्ड खाएर क्षति पु¥याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान छ। तर, प्रहरीले बाहिरी चोट पटक नभएको जनाएको छ ।

प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भइसकेकोे छ।त्यस्तै हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो।उनको मृत्युसँगै झापामा हात्ती आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ।

 

Leave a Reply

Your email address will not be published.