जेम्समा खेलकुद सप्ताह शुरु , विभिन्न खेलहरु हुदै

दमक,२८ मंसिर । दमक ८ स्थित झापा मोडल अंग्रेजी मावि (जेम्स )ले आफनो बार्षिक क्यालेण्डर अनुसार खेलकुद सप्ताह शुरु गरेको छ ।बिद्यालय परिसरमा आयोजित भव्य कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सप्ताहको बुधबार उदघाटन गरेका छन् । सो अवसरमा बिद्यालयका बिद्यार्थीहरु आवद्ध राष्ट्रिय सेवा दल र स्काउटले नगर प्रमुख थापालाई सलामी अर्पण गरेको थियो । स्काउट र राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीहरुले मार्चपाससहित स्वागत गरेका थिए ।
नगर प्रमुख थापाले दिपसहित राष्ट्रिय झण्डाको झण्डोत्तलन र बिद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बिद्यालयको झण्डोत्तलन गर्दै खेलकुद सप्ताह उदघाटनको घोषणा गरेका थिए ।
उदघाटन कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले स्वागत गर्दै बिद्यार्थीहरुलाई नियमित पठनपाठनका अतिरिक्त खेलकुदमा समेत अघि बढाउने योजनासहित दुई बर्षयता नियमित रुपमा खेलकुद सप्ताह सञ्चालन गरिआएको उल्लेख गरे । उदघाटन कार्यक्रममा नगर प्रमुख थापासहित दमक- ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश ) ,दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल ), रोटरी क्लब अफ दमकका अध्यक्ष भरत चौंलागाइँ, दमक जेसीजका अध्यक्ष सञ्जिब बराल, पूर्व अध्यक्ष भिमराज चम्लागाइँ ,पत्रकार कमन देवान, अभिभावकहरु,शिक्षकहरु,कर्मचारीहरु तथा विद्यार्थीहरुको लगायतको विशेष आतिथ्य रहेको थियो ।
पाँच दिनसम्म सञ्चालन हुने सो सप्ताह अन्तर्गत खेलकुदका विभिन्न बिधामा अन्तरसदनात्मक प्रतियोगिता सञ्चालन हुने प्रिन्सिपल सागर श्रेष्ठले बताए । सप्ताह अन्तर्गत फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, फुटसल, टेवलटेनिस, ब्याडमिन्टन, चेस लगायतका खेलको प्रतियोगिता सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.