झापा , २८ मंसिर । मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट १ जना बालकसहित ३ जनाको मृत्यु भएको छ ।मंलबार बेलुका ४ बजे तिर मोरङको सुन्दरहरैचा नगरपालिका -४ चरिगुवास्थित भित्रि सडकमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को.२ त. ३०५४ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घटना हुँदा साइकल चालक सोही स्थान बस्ने धर्मलाल सरदारको छोरा ९ वर्षीय मिलन सरदार घाइते भएका थिए । घाइते बालकको बिराटनर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका सवा पाँच बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
यसैगरी मंलबार बेलुका सवा ७ बजे सुनसरीको बर्जु गाउँपालिका -१ गोपि चोक स्थितमा रोकी राखेको को १ त ६७७४ नम्बरको ट्याक्टरमा को ३४ प ६४७८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाइते भएका मोटरसाईकलमा सवार मोरङको रंगेली नगरपालिका १ बस्ने २७ वर्षीय धिरेन्द्र सरदार र सुनसरीको बर्जु गाउँपालिका ५ बस्ने २६ बर्षीय निरज सरदारको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।