फिदिम, २८ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका १४ लुङरुपाकी ९२ वर्षीया सुखरानी नेम्वाङको जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी नेम्वाङको बुधवार बिहान निधन भएको हो । अगेनामा बालेको आगो कपडामा सल्किँदा उनको निधन भएको हो । आगोले घर पनि जलेर पूर्ण रुपमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।
स्थानीयका अनुसार नेम्वाङ सो घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।