कांग्रेस सभापतिमा दोश्रो चरणको मतदान हुने निश्चित

काठमाडौं,२८ मंसिर। नेपाली कांग्रेसको सभापति पदमा पुनः दोश्रो चरणमा जाने संभावना बढेर गएको छ । सभापतिमा मतगणनाका क्रमदेखि अग्रता लिदैआएका प्रधानमन्त्री शेर बहादुर देउवा जितको नजिक भएपनि बहुमत प्राप्त नसक्ने देखिदै गएको छ ।

पछिल्लो मतगणनाको ४१७६ मतपरिणाम अनुसार देउवाले १९९५ मत ल्याएर आफनो अग्रता कायम राखेका छन् भने कोइरालाले १५८९ मत प्राप्त गरेका छन् । यस्तै सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले १९, प्रकाशमान सिहंले ३१५, विमलेन्द्र निधिले २३७ मत ल्याएका छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published.