डिपिएल नेपालको नयाँ नेतृत्व,अध्यक्षमा खतिवडा

दमक,२८ मंसीर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दमकमा स्थापना भएको डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको नयाँ नेतृत्व चयन भएको छ ।
डिपिएलको दमकमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट दुर्गाप्रसाद खतिवडा (दिवस)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
शनिवार राति सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गुणराज गिरी ,महासचिवमा कमल गैरे, कोषाध्यक्षमा जीवन सापकोटा र उपाध्यक्षमा मनिष गिरी निर्वाचित भएका छन् ।
संस्थाको विधान बमोजिम चार निर्देशकहरुमा अश्विन तिम्सिना, मनिका गिरी, जेनिश चम्लागाईं र दिपक न्यौपाने निर्वाचित भएको जनाइएको छ । यस अघि सो संस्थाको नेतृत्व अनिता खत्रीले गर्दै आएकी थिइन् । निर्वाचित समितिको कार्यकाल एक बर्ष रहने छ ।महाधिबेशनमा देशभरिका विभिन्न शाखाबाट ३ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संस्थाले दमकसहित देशभरका विभिन्न जिल्लामा हाल सम्म २१ वटा शाखा विस्तार गरिसकेको छ भने ती सवैमा करिव १८ हजार युवाहरु सदस्य आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published.