दमक ,२८ मंसीर । दमकका पूराना कम्प्यूटर प्राविधिक सुरेन बस्नेत पुरस्कृत भएका छन् । पूर्व सन्देस दैनिक पत्रिकाको २१ औ बार्षिकोत्सवका अवसरमा हालै यहाँ आयोजित एक कार्यक्रमका बीच उनी नगद तथा सम्मानपत्रसहित पुरस्कृत भए । बस्नेत पत्रिकाका कम्प्यूटर प्राविधिक हुन् ।
करिव २ दशकदेखि पत्रिकामा कार्यरत बस्नेतले पत्रिका सञ्चालनका लागि प्राविधिकका रुपमा कर्तव्यनिष्ठ भई उल्लेखनीय योगदान पुरयाँएको भन्दै नगद रु २१ हजार र सम्मानपत्रबाट पुरस्कत गरिएको सम्पादक गञ्जबहादुर दाहालले बताए ।
पत्रिकाले उनीसहित पत्रिकाका लेखक,स्तम्भकार, संवाददाताहरुलाई मायाको चिनो ,खादा ओढाएर सम्मान प्रदान गरिएको थियो । प्रेस काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता तथा पत्रिकाका सम्पादक गञ्जबहादुर दाहालको अध्यक्षतामा भएको बार्षिकोत्सव विशेष कार्यक्रममा काउन्सिलका अधिकृत झविन्द्र भुषाल, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले पत्रकारिताको बारेमा आफनो विचार राख्दै पत्रिकाको प्रगतिको निम्ति शुभकामना मन्तव्य राखेका थिए ।