खनालले दिए बृद्धाआश्रमलाई सहयोग

दमक , २७ मंसिर । हालै सम्पन्न निर्वाचनमा झापा क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका दमक निवासी रेवतरमण खनालले दमक -४ को रत्न ज्येष्ठ बृद्धाश्रममा खाद्यान्न सामाग्री दिएका छन् ।
आश्रममा बस्दैआएका वृद्धावृद्धाको दैनिक जीवनयापनमा थोरैभएपनि सहयोग पुरयाँउन उनले दाल,नुन, तेल लगायतका आवश्यक खाद्यन्न सामाग्री दिएका हुन् ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनले आफनो घोषणापत्रमा निर्वाचन पछि केहि रकम सामाजिक कार्यमा सहयोग पुरयाँउने उल्लेख गरेका थिए । सोहि प्रतिवद्धता अनुसार खनालले रु ३ हजार बराबरका खाद्यन्न उपलव्ध गराएका हुन् ।
सामाजिक अभियान्ता काजी राउतको समन्वयमा खनालले आश्रम पुगेर ती सामाग्रीहरु हस्तान्तरण गरेका छन् । खनालले निर्वाचनमा करिव २३ हजार रुपैया बराबरको आफनो खर्च विवरण आयोगलाई बुझाएका छन् ।
यसैगरि, दाता खनालसंगै अमेरिका बस्दैआएका दीप भुजेलले पनि आश्रममा करिव ७ हजार बराबरको खाद्यन्न सामाग्री दिएका छन् ।

Leave a Reply

Your email address will not be published.