फोनिज मोरङ अध्यक्षमा पुनः सुब्बा

उर्लाबारी,२७ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )मोरङ जिल्ला कार्यसमितिको अध्यक्षमा पुनः दिनेश सुब्बा चयन भएका छन् ।
आज मोरङको कानेपोखरी गाउँपालिकामा भएको पाँचौ जिल्ला अधिवेशनले सुब्बालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।सर्वसम्मत गठित समितिको उपाध्यक्षमा अशोक गुरुङ,सचिबमा अनिल श्रेष्ठ, सह–सचिवमा बबिता साम्पाङ राई र कोषाध्यक्षमा राजकुमारी तामाङ सर्वसम्मत चयन भए । त्यस्तै, सदस्यहरुमा सुरन्जन लिम्बू, सृजना धिमाल, राजेश राजवंशी, सुमन कुरुङ्बाङ, शिवहाङ राई, संगिता राई, सम्झना राई र विध्यानन्द चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै, प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सन्दिप राई, बबिता लिम्बू, अजित धिमाल, सन्तोष राई, ऋषि राई, सोनीकुमार आङ्देम्बे र बाबुराम मुडरियालाई चयन गरेको छ । त्यस्तै, संघीय प्रतिनिधिमा सुजाता लिम्बू, भक्तशेर लिम्बू र फिपराज बेघालाई चयन गरेको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.