
पथरीशनिश्चरे, २७ मंसिर । मोरङको पथरीशनिश्चरे नगरका वडा बाल सञ्जालका प्रतिनिधिलाई सहभागी गराई बालअधिकार अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले बालअधिकारका लागि नगर प्रतिवद्ध रहेको बताए ।
लुथरन विश्व फेडेरेशनको सहयोग तथा नगरपालिका कार्यालयको आयोजित कार्यक्रममा भूटानी शरणार्थी बालबालिका समेत सहभागी गराइएको थियो। नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, लुथरन विश्व फेडेरेशनका लिलबहादुर कार्की सहितले मन्तव्य राखेको उक्त कार्यक्रममा भूटानी शरणार्थी शिविर पथरी शनिश्चरेका सचिव चम्पासिंह राईले भूटानी शरणार्थी बालबालिकाको समेत अधिकारलाई जोडेर नगरले सधैं मानवीय सहयोग पुर्याइरहोस् भन्दै शुभकामना व्यक्त गरे ।
अभिमुखिकरणमा राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिले सहजीकरण गरेका छन् । भोलि मंगलबार कार्यक्रमको समापनका क्रममा नगर बाल सञ्जाल गठन पनि गर्ने कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाईन् ।