दमकबाट ६ जना जुवाडे नगदसहित पक्राउ

दमक,२७ मंसिर । तास खेलिरहेको अबस्थामा प्रहरीले दमक ५ स्थित दिपेश भट्टराईको खाली घरको कोठाबाट ६ जनालाई नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका ५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका १ का ४२ बर्षिय बबिन सुब्बा, दमक ५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक ५ की ३४ बर्षिया कमला राई, दमक ५ की ४० बर्षिया बिमला तामाङ र कमल गाँउपालिका ३ का ५१ बर्षिय राज कुमार खड्का रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ उनीहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु ४० हजार र ३ बुङ तास सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।
पछिल्ला समय दमकमा जुवाजन्य गतिविधि बढेसंगै प्रहरीले छापा गर्ने क्रम तीव्र बनाएको र हालसम्म चार दर्जन बढी संख्या जुवाडेलाई पक्राउ गरि कारवाही गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.