समाजवादी विद्यार्थी युनियनको प्रदेश १ समिति घोषणा

इटहरी, २६ मंसिर । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति आइतबार घोषणा भएको छ ।जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को पार्टी कार्यालय इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रममा ५‘ सदस्यीय समिति घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले अध्यक्ष अञ्जिलहाङ किरातीको नेतृत्वमा समायोजित समाजवादी विद्यार्थी युनियनको समिति घोषणा गरेका हुन् । घोषणा गरिएको समितिको उपाध्यक्षहरुमा बिक्रम शेर्मा (झापा), रोहित आङ्बो (पाँचथर) राम लिङ्दम (इलाम), – श्री लिङ्खिम (ताप्लेजुङ),रोशन अधिकारी (मोरङ), तरुण खवास (मोरङ), कुशल कार्की (भोजपुर), मुख्य सचिवमा सञ्जय अधिकारी (सुनसरी), सचिवमा सुसनकुमारी राई (उदयपुर), सचिवहरुमा पवन राई (भोजपुर),चन्द्रनारायण यादव (मोरङ), सुमन राई (सुनसरी), सरोज लिम्बू (ताप्लेजुङ), मिलन रुम्दाली ( झापा), बिपन लिम्बू (इलाम) र कोषाध्यक्षमा चन्दा साह (सुनसरी) चुनिएका छन् ।

यस्तै सदस्यहरुमा बिपन राई (उदयपुर) , निशा राई (उदयपुर ), रामबाबु मगर (उदयपुर ), रोशन राई (खोटाङ),,यशोदा तिम्सिना (खोटाङ), सञ्जित राई (खोटाङ),चन्दनकुमार बैठा (सुनसरी), बिरु यादव (सुनसरी), कुलबहादुर दर्नाल ( झापा), लक्ष्मण बोहोरा (भोजपुर), सेमिन राई( संखुवासभा), नवीन लिम्बू (ताप्लेजुङ), सुष्मा राई (ताप्लेजुङ ),बिमल घिमिरे (मोरङ), साहिल झा (मोरङ),नितेश दाहाल ( मोरङ),आर्यन सुबेदी (सुनसरी), सुबास खनाल (सुनसरी), प्रवीण निरौला (सुनसरी) रबिन खनाल (सुनसरी), युवराज राई (सुनसरी), उदिप लावती, (धनकुटा) लगायत रहेका छन् ।
घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले पार्टी मातहतका संगठनहरुले आफ्नो विधान अनुसार गतिविधि गर्न स्वतन्त्र हुने भन्दै समायोजन कार्यदलले लामो समयको गतिरोध अन्त्य गरेर विद्यार्थीको प्रदेश समिति निर्माण गरेकोमा धन्यवाद दिएका थिए ।

युनियनका केन्द्रीय उपाध्यक्ष एवम् समायोजन कार्यदलका सदस्य सुबास लाबुङको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सदस्य जेन्टल लावती, प्रदेश कोषाध्यक्ष बिनोद नेम्बाङलगायत पार्टीका प्रदेश समितिका नेताहरु, लिम्बुवान राष्ट्रिय समितिका नेताहरु, जिल्ला समन्वय समिति र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय र प्रदेश तहका नेताहरु उपस्थित थिए ।

समायोजन कार्यदलका सदस्य एवम् युनियनका उप–महासचिव दिनेश दंगालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए भने सञ्चालन कार्यदल सदस्य एवम् केन्द्रीय सचिव सुबास राईले गरेका थिए ।

समायोजन कार्यक्रम सम्पन्न भए लगत्तै बसेको युनियनको पहिलो प्रदेश पदाधिकारी बैठकले संगठनको प्रशिक्षण, विस्तार र गतिविधि बारे विभिन्न निर्णय गरेको अध्यक्ष अञ्जिलहाङ किरातीले जानकारी दिए । यस्तै अध्यक्ष किराती र मुख्य सचिव सञ्जय अधिकारीले विज्ञप्ति जारी गरेर समायोजन कार्यदल र पार्टी प्रदेश समितिलाई धन्यवाद र कृतज्ञता ज्ञापन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.