श्रम संस्कृति पार्टीको झापा जिल्ला कमिटी ,अध्यक्षमा भण्डारी

झापा,२७ मंसीर । धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापा जिल्ला कमिटी गठन गरेको छ ।बिर्तामोड नगरपालिका–४ स्थित हिमालप्रकाश कन्दङ्वाको निजी निवासमा शुक्रबार सम्पन्न भेलाले केशव भण्डारीको अध्यक्षतामा झापा जिल्ला कमिटी गठन गरेको हो ।
कमिटीको तीन उपाध्यक्षमा सुमनकुमार पोखरेल, सम्पूर्नी राई , प्रेम दुमी राई , सचिवमा शिवन सोराली मगर, सहसचिवद्धयमा करण संग्रौला र बालकुमार भुजेल तथा कोषाध्यक्षमा ससिता राई र सह–कोषाध्यक्षमा दीपेन्द्र राई चुनिएका छन् ।
नवगठित जिल्ला कमिटीको बैठकले प्रत्येक नगरपालिका र गाउँपालिकाबाट पाँच–पाँच जना सदस्य रहने गरी जिल्ला कमिटीलाई पूर्णता दिइने जनाएको छ । आगामी पुस ९ गते केन्द्रीय अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा बिर्तामोड–५ स्थित सिटी सेन्टरमा जिल्ला सभा आयोजना गरिने पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.