दमकबासीले चाहेको विकास

-डा. लेखनाथ न्यौपाने

१, मुर्दाघाट, किरियापुत्री घर र यसैसँग जोडिएको मठमन्दिर अनि पार्क सहितको सुन्दर स्थान बनाउने कहिले : हाल दमकमा एकलाख भन्दा धेरै मानिसको बसोबास छ । जन्म र मृत्युको जनाउ नभएको हामी मध्ये जो कसैको पनि मृत्यु हुनसक्छ । दमक दुई नदीले छेकेर बसेको सहर हो । बीचबीचमा अरु साना खोला खोल्साहरु पनि प्रसस्तै छन् । वर्ष दिनसम्म पानी रहने स्रोत भएका स्थान पनि छन् । तर हामी कन्काईमाईसम्म सव लैजान बाध्य छौं । केहि मानिसको भनाई छ । धार्मिक स्थान भएकाले वहा लगिएको हो । एउटा उत्तर लेखे मैले यसो भन्ने साथीहरुलाई । इटहरीमा रहेको बुडीखोलाको घाटलाई अब के भन्ने ? गुएठाउँ या भगवानको बास भएको ठाउँ ? इच्छाशक्ति चाहिन्छ । केहि नेतृत्वको कुरा सुनियो स्थानिय नागरिकले बनाउन दिएनन् रे । योजना कस्तो बन्यो स्थानिय बासिन्दाले कस्तो बनोस भन्ने चाहना राखे, किन विरोध गरे या गराइयो ?

२, सार्वजनिक शौचालय, ठाउँ ठाउँमा खानेपानी अनि पाटी पौवा कति बने ? : हरेक बटुवाले स्वस्थ र आराम नचाहिने हुँदैन । आप्mनो स्वास्थ्य असहज भए पनि काम र अन्य कुराले हिँडनै पर्छ । उसले बाटामा हिँडदा खोज्ने कुरा भनेका शौचालय, खाने पानी अनि केहिबेर आराम गर्ने सार्वजनिक स्थान हुन् । यी तिनैकुराको दमक नगरमा अभाव छ । यी विषयको सम्बोधन गर्न ठूलो रासि चाहिने त होइन मात्र इच्छाशक्ति र सबैको सहयोग भए पुग्छ । ठाउँ ठाउँमा यी तिन कुरा पूरा गर्न सके जो कोही बटुवाले रहत महषुष गर्ने छन्

३, सार्वजनिक स्थानमा धुम्रपान अनि नसालु पदार्थ सेवनको पूर्ण निषेध कहाँ पुग्यो ?: चुरोट खानेलाई भन्दा छेउमा बसेको मानिसलाई धेरै असर गर्छ । यो कुराको जानकारी गराएर कडाइका साथमा पालना गराउन स्थानिय सरकार र सरोकारवाल सबैको भूमिका हुन्छ । जताततै फोहेर प्mयाक्नेलाई जरिवाना अनिवार्य हुन्छ । जताततै मादक पदार्थ खुलेआम बेचेको देखिन्छ । यस्तो कार्य रोक्न नीति बनाएर लागु गर्न सकिन्छ । नीति बनाएपछि दण्ड जरिवाना गर्न सहज हुन्छ । रोक लगाउन सहज हुन्छ । दमक लागुपदार्थ सेवन कर्ताको अखडा मानिन्छ । यस्तो कार्यमा लागेका र व्यापार गर्नेहरुलाई निरुत्साहन गर्न के के योजना बनाइएका छन् ?

४, सडक मानव रहित बनाउने अभियान कस्तो छ ?:  मानव सबै एउटै स्थानमा हुन्छ । गरीव धनी बेसाहारा भनेर बर्गिकरण गर्नु अपराध हो । जातपात र विभेद अर्को अपराध हो । दमकमा धेरै सडक मानव देखिन्छन् । बाहिरबाट ल्याएर छाडिएका छन् । बेसाहारा भएका छन् । आफन्त कोहि छैनन् । माग्नेको हुल देख्न सकिन्छ । जनप्रतिनिधीले चाहने हो भने यो ठूलो काम होइन । तर इच्छाशक्ति देखिएको छैन् । अब आउने जनप्रतिनीधिको योजना के के छन् ?

५, सार्वजनिक पुस्तकालय खोई ? : कम्तीमा एउटा वार्डमा नगरको तर्फबाट एउटा पुस्तकालय अनिवार्य हुन्छ । तर दमकले यसको सूरुवात गर्न सकेको छैन् । सबै मानिस र पाठक नगरपालिकामै आउछन भन्ने छैन् । यस्ता पाठक र फरक क्षमता भएका मानिसकालागि यस्ता पुस्तकालय धेरै उपयोगी हुन्छन् । यसको योजना कहाँ पुगेको छ ?

६, स्वस्थ्य सस्था दर्ता, नविकरण र अनुगमनको कमी : दमक उपचार सेवाकालागि प्रख्यात छ । यहाँ देश विदेशबाट चिकित्सक सेवा दिने नाममा आउँछन् । उनीहरुले सेवा दिए वापत नागरिकलाई के छुट दिए, कति फिस लिए, कस्ता चिकित्सकले सेवा दिएका छन् ? औषधी कस्तो दिइदै छ । प्रयोगशाला कस्ता छन् ? कति सुल्क लिइदै छ ? ठगि कतिको भइरुहेको छ ? खोइ यसको प्रभावकारी अनुगमन र कार्वाही ? बैकल्पिक र औषधिको कुप्रभाव छैन भनेर धेरैले महंगा औषधी बेचेको, आफु ठगिएको भनेर हामी चिकित्सकले गुनासा सुनेका छौ । अनेक डर देखाएर विरामीलाई अनावश्यक रक्त परिक्षण अनि एक्रे र अन्य जाँच गराइएको देखिन्छ । चिकित्सा पेशा भनेको त सेवा हो । खोई यसको भरपर्दाै अनुगमन र कार्वाही ?

७, शहर सौन्दर्यकरणमा कमजोर

८, नगरभित्र रहेका बृद्धबृदा, रोगी, असक्तको सख्या, नगरले दिने सेवा सुविधा अनि असाहयको निशुल्क उपचार : यी विषयमा नगरले कति सफलता हासिल गर्यो र आउने दिनमा कस्ता योजना छन् ? असक्त, असाहय, एकल अनि रोगी र उपचारको पहुच भन्दा बहिर रहेका आप्mना नागरकको ख्याल राख्न सके कि सकिन यो गहन विषय हुनु पर्छ हरेक जनप्रतिनिधीको ।
९, आवश्यक विकास निर्माण : विकास निमार्णको सम्बन्धमा प्रगती देखिन्छ । तर आवश्यक ठाउँमा भने नभएको पाइएको छ । किन यस्तो भयो बुभ्mनु पर्ने कुरा हो । साथमा विकासका नाममा भत्काइएका बाटहरुको पुनः निमार्ण कहिले हुने ? आज दमक फोहोर र धुलोका खानी बनेको छ । यसको निवारण कहले हुने ? योजना अधुरा छन्, अलपत्र छन्, अनुगमन छैन । कहिले हुने अनुगमन ? कसले गर्ने दण्ड जरिवान ?
१०, स्वास्थ्य बिमाको सास्ती : स्वास्थ्य विमा राम्रो हो तर दमकमा यसको सही व्यवस्थापन हुन नसक्दा सेवाग्राही(रोगी) हैरान छन् । दमकमा धेरै निजी अस्पताल छन् , सबैको स्वास्थ्य विमा सेवामा पहुच किन नपुगेको या एकाधिकार किन ?
दमकमा धेरै स्वास्थ्य सस्था छन् । एउटा सामान्य छाती दुख्यो यो मुटुु दुख्यो भने या दुर्घटना भयो भने उपचार छैन । यो कस्तो अवस्था हो ? किन यी सस्थाहरुले राम्रो सेवा दिन नसकेका । पटक पटक दिइएको सुझावलाई न अस्पताल सञ्चालकले बुझे न त नगरले नै संयोजन गरेर काम गराउन सक्यो । के दमकबासीले सधै दमक बाहिर गएर मात्र उपचार गराउने ?
११, पलिकामा बसोबास गर्ने असाहय, असक्त, फरक क्षमता भएका र एकल अनि रोगी र उपचारबाट बञ्चित नागरिकको अवस्था, संख्या र दिइएको सेवा बारेमा कति प्रगति भयो र आउने प्रतिनिधिले के के योजना बनाएका छन् ?
१२, स्थानीय कानुन कति बने कति बाँकी छन् ?
१३, दमकलाई कस्तो बनाउने भन्ने योजना के के छन् ? दल र उमेरद्धारले कसरी आजका युवालाई आर्कषित गर्ने र स्थानीय स्तरमै टिक्न र रोजगार बनाउने ?
१४, रोजगारीका अवसरहरु कति खुले र आउने दिनमा के योजना छन् ? यो प्रश्न स्थानीय चुनावमा प्रतिस्पर्धामा आउनु हुने नेतृत्वलाई ।
१५, कृषि र उत्पादनमा के के काम भए र अबको योजना के ?
१६, युवालाई बैदेशिक रोजगारमा नगएर यही उद्यम गर्ने वातावरण तयार गर्ने कार्य, योजना कहाँ पुग्यो ?
१७, भ्रष्टाचार रोक्न र सरकारी कामको ढिलासुस्ती अनि टेबलमुनिबाट दिनुपर्ने प्रथाको अन्त्य गर्न के के योजने बने र बनाइने ?
१८, दमक नगरभित्र रहेका सरकारी सेवाप्रदायक जस्तै मालपोत, इलाका प्रशासन, नगरपालिका लगायतका कार्यलयमा के काम सहजै र कुनै लेनदेन विना हुने गरेको छ ? यसको अनुगमन र प्रभावकारीतामा कति प्रगति भयो ?
१९, शिक्षा क्षेत्रमा भएको चरम लापरवाहीमा कति सुधार भयो र आउने दिनमा सबैकालागि शिक्षा कार्यक्रमका योजना के के छन् ? लेखक :दमकका पूराना होमियो चिकित्सक हुन )

Leave a Reply

Your email address will not be published.