दमक, २७ मंसिर । ४ मंसिरमा सम्पन्न आमनिर्वाचनको मुखैमा पार्टी छाडेर एमाले प्रवेश गरेका दमकका घनेन्द्रराज योङ्गयासहित दुई जनालाई नेपाली कांग्रेसले कारवाही गरेको छ ।
कांग्रेस झापा ५ (ख ) प्रदेश समितिले आज सम्पन्न बैठकले प्रदेश र संघिय निर्वाचनमा पार्टी बिरुद्ध गतिबिधि गरेको भन्दै पूर्व महाधिबेशन प्रतिनिधि योङ्गयासहित प्रदेश सदस्य मिना कोइरालालाई कारवाही गरेको हो ।
बैठकले दुवैलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरि कारवाहीका लागी उपल्लो तहमा सिफारिस पठाउने सर्बसम्मत निर्णय गरेको कोषाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।
साथै बैठकले केन्द्रको निर्देशन अनुसार अन्तर्घातीलाई कार्बाही सिफारिसका लागि प्रदेश सभापति रवि केसीको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति समेत गठन गरेको छ । गठित समितिको सदस्यहरुमा सुरेन्द्र कटुवाल ,हरी अधिकारी ,तोयानाथ चापागाईं र देवेन्द्रराज आङ्देम्बे रहेका छन् ।