दमक ,२७ मंसिर । झापाको कमल गाउँपालिका वडा न. २ ले वडा भित्र सूर्तिजन्य पदार्थको खुला बेचबिखन तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वडा भित्र सूर्तिजन्य पदार्थको खुलेमखुला विक्री तथा सेवनले बालबालिकाहरुलाई नकरात्मक असर पर्न गएको भन्दै त्यसको विक्री तथा सेवनमा कडाईका साथ रोक लगाउने निर्णय भएको वडाअध्यक्ष अशोक सुब्बाले बताए ।
वडा कार्यालयले सार्वजनिक सूचना निकालेर यहि पुष १ गतेदेखि सूर्तिजन्य पदार्थको विक्री तथा सेवनमा कडाईका साथ रोक लगाउने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने उल्लेख छ ।
कार्यालयले सार्वजनिक सूचनालाई अवज्ञा गरेको पाईए सो को प्रकृति हेरि रु १ हजारदेखि रु १० हजार सम्म जरिवाना असुल गरिने समेत निर्णय भएको वडाअध्यक्ष सुब्बाले बताए ।