कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, २६ मंसिर । झापाको बिर्तामोड – २ रामचौकस्थित राजगढ भित्री सडक खण्डमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ का ५० बर्षिय नगेन्द्र भण्डारी रहेका छन् ।
हिजो बेलुका ५ बजे बा ९ च ४०५ नम्बरको कारले ना २० प २१८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका भण्डारीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा हिजो बेलुका ७ बजे मृत्यु भएको हो ।
कार चालक झापा बाह्रदर्शी गाँउपालिका ४ का ३९ बर्षिय टंक बहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.