चौधरीद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाण्डौ,२५ मंसिर । झापा,क्षेत्र न.५ का नेपाली कांग्रेसका नेता सत्यनारायण चौधरीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । दमक १ निवासी चौधरीले आज मधेशी कोटातर्फको खुला केन्द्रीय सदस्यका लागि आफनो उम्मेदवारी दर्ता गरेका हुन् ।चौधरीको उम्मेदवारी मनोनयनको प्रस्तावकमा कांग्रेस क्षेत्र न. ५ का सभापति ढुण्डीराज भण्डारी र समर्थकमा कांग्रेस १ नम्बर प्रदेश सदस्य भूमिराज राई समर्थक रहेका छन् ।पुरुषतर्फ ५ जना मधेशी कोटामा २७ जनाको उम्मेदवारी परेको छ ।

पार्टीमा योगदान पुरयाँउन आफूले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उल्लेख गरे । उनले भने,–‘पार्टीलाई सुढृण बनाउन तथा पार्टीमा सक्रियता पूर्वक काम गर्नका लागि मेरो उम्मेदवारी हो ।’
पार्टीको क्षेत्रीय राजनीतिमा लामोसमयदेखि सक्रियतापूर्वक काम गरिआएका उनले पार्टी संगठनमा योगदान पुरयाँउन आफनो उम्मेदवारी भएको दावी गरे । पार्टी भित्र निष्ठावान, इमान्दार राजनीति छवि बनाएका चौधरीले भने, –‘पार्टी नेतृत्व चुन्ने महाधिबेशन उपयुक्त अवसर भएकाले हामी नेता,कार्यकर्ताहरुले अत्यन्त विवेकपूर्ण मतदान गर्नु पर्छ । ’
झापा ५ बाट मधेशी कोटाबाटनै लगातार महाधिबेशन प्रतिनिधि भएर पार्टीमा जिम्मेवारीका साथ काम गरिआएका उनले भने, –‘अव पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिलाउन समेत पार्टी नेतृत्व,अग्रजहरुसंग अपिल गर्दछु ।’

Leave a Reply

Your email address will not be published.