पहिचानवादीहरुद्वारा तेह्रथुमको घुर्मी– लेगुवा सडक बन्द आव्हान

तेह्रथुम,२५ मंसिर । नेकपा एमालेको संकल्प यात्रालाई लक्षित गरी पहिचानवादीहरुले भोलिदेखि तेह्रथुमको घुर्मी– लेगुवा सडकमा अनिश्चितकालीन बन्द आव्हान गरेका छन् ।बन्द सफल पार्न आव्हान गर्दै उनीहरुले आज साँझ तेह्रथुमको जिरिखिम्ती र खोटाङको हलेसीमा राँके जुलुश निकालेका छन् । एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा भोलिदेखि कोशी प्रदेशमा प्रवेश गर्दैछ । मंसिर २६ गतेदेखि पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुने छ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।
यसअघि एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले संकल्प यात्रा पहिचानवादीप्रति लक्षित नभएको भन्दै बन्द हडताल फिर्ता लिन आग्रह गरेको थियो ।

मुख्यमन्त्री सहभागि कार्यक्रमलाई अवरोध पुरयाउँने चेतावनी
प्रदेश नामाकरण प्रति असन्तुष्ट जनाउदै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहभागि कार्यक्रमलाई अवरोध पुरयाउँने चेतावनी दिएका छन् ।
संघर्ष समिति झापाले सोमबार प्रेस विज्ञप्ती जारी गरि दमकमा भोलि मंगलवार मुख्यमन्त्रीको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई अवरोध पुरयाँउने चेतावनी दिएका हुन् ।संघर्ष समितिका झापा संयोजक पाण्डवलाल चौधरीले प्रदेश नं. १ को नाम कोशी खारेजी र प्रदेशको नाम पहिचानकोे आधारमा पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने उल्लेख गरे ।
पहिचानको आन्दोलनलाई निरूत्साहित पार्ने कार्य स्वीकार्य नहुने भन्दै उनको स्वागतमा कालोझण्डा देखाएर विरोध जनाउने जारी विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा भनिएको छ ,–‘हाम्रो आन्दोलनलाई थप बुलन्द बनाउन सडकबाट कालोझण्डा सहितको बिरोध कार्यक्रम गर्ने र त्यसमा सवै पहिचानवादीहरु भेला भईदिन आव्हान गर्दछौ ।’

 

Leave a Reply

Your email address will not be published.