समानुपातिक छनौटको विरोधमा दमकमा दिपप्रज्जवलन

दमक,२२ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिक कोटामा पार्टीका नेता तथा आफन्तका श्रीमतीलाई मात्र नामावली पठाएको भन्दै दमकमा आज साँझ व्यङगात्मक दिपप्रज्वलन गरेका छन् ।
पार्टीले गरेको निर्णय प्रति विरोध जनाउदै दमकका स्थानीय कांग्रेस कार्यकर्ताहरुले स्वतफूर्त रुपमा भेला भएर दिपप्रज्वलन गरि विरोध जनाएका हुन् ।दमकको गणतन्त्र चौंकमा आयोजना गरिएको सांकेतिक विरोध कार्यक्रममा बोल्दै उनीहरुले पार्टीमा परिवारवाद हावी हुनु ठिक नभएको औल्याए । नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि समेत रहेका दमक बहुमुखी क्याम्पसका प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतका वक्ताले पार्टी भित्र राजनीतिक संस्कार अभाव हुदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले पार्टीमा सभापति तथा मन्त्रीका श्रीमतीलाई मात्र समानुपातिक कोटाबाट सांसद बनाउनु न्याय संगत नभएको औल्याए ।
विरोध कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिबेशन प्रतिनिधिहरु मन्दरा चिमरिया,मेदनी सिटौला, विक्रम अधिकारी, प्रदेश सभा (२ ) का सभापति रवि केसी, पूर्व नगर सभापति रोशन विष्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.