चुलाचुली अंग्रेजी माविमा अन्तरसदनात्मक फुटबल र बास्केटबल प्रतियोगिता

दमक ,२५ मंसिर । दमक -१ स्थित चुलाचुली अंग्रेजी माविमा आइतवार अन्तरसदनात्मक फुटबल तथा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । गत ११ मसिंरदेखि सञ्चालन गरेको प्रतियोगितामा फुटबलतर्फ प्रकृति गौतम सदन पहिलो र युनिस भट्टराई सदन दोश्रो भएका छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन गरिएको सो प्रतियोगिताको सेमिफाइनलमा नेमिस चौहान सदनलाई हराउँदै प्रकृति गौतम सदनले फाइनल यात्रा तय गरेको थियो भने युनिस भट्टराई सदनले निश्मा चौहान सदनलाई नकआउट गरेको थियो ।
सो प्रतियोगितामा सुदिप थेवेले उत्कृष्ट खेलाडी र दिप्सन धमला सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन् । त्यसैगरी आइतबार भएको बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रा तर्फ अनुस्का राई सदन च्याम्पियन र युनिस भट्टराई सदन रनर अप बन्न सफल भएका छन् । त्यस्तै छात्र तर्फको बास्केटबल खेलमा युनिस भट्टराई सदन च्याम्पियन बनेको छ भने नेमिस चौहान सदन रनर अप हुन सफल भएका छन् ।
छात्रा तर्फको बास्केटबलमा सलिना राईले उत्कृष्ट खेलाडी र उत्कृष्ट स्कोररको उपाधी जितेकी छिन भने छात्र तर्फ सावन राई उत्कृष्ट खेलाडी र अनिस राई स्कोरर बन्न सफल भएका छन् ।
बिजेता तथा उपविजेता सदनका खेलाडीहरुलाई बिद्यालयका संस्थापक निर्देशक मनोज राई र प्रिन्सिपल चन्द्रप्रकाश राईले ट्रफी तथा मेडल हस्तान्तरण गरेका छन् । दमकमा शैक्षिक संस्थाहरुका बीच ४३ बर्ष लामो गौरवपूर्ण इतिहास बोकेको सो बिद्यालयले नियमित पठनपाठनका अतिरिक्त बिद्यार्थीहरुको व्यक्तित्व तथा चौतर्फी बिकासका लागि अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएको छ । बिद्यालयका प्रिन्सिपल राईले खेलकुद तथा मनोरञ्जनात्मक कृयाकलापहरु समेत पढाईसंगै अघि बढाइएको बताउँदै गुणस्तरीय शिक्षाका लागि बिद्यालय प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published.