अपाङ्ता भएका बालवालिकाहरुलाई फलफुल बितरण

दमक,२४मंसीर । अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसर पारेर आज बुधबार दमकमा विद्यार्थीहरुलाई फलफुल बितरण गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज अन्तिम दिन मानबधिकार दिवशको सन्दर्भ पारेर योगदान राष्ट्रका लागि दमक नगर समितिले दमक- ४ स्थित तारावारी आधारभूत बिद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्ता भएका बालवालिकाहरुलाई फलफुल बितरण गरिएको हो ।
दमक ४ का अध्यक्ष पुण्यप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष हेमकला न्यौपाानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा योगदान राष्ट्रकालागि दमक नगर समितिका पदाधिकारी एवम बिद्यालयका शिक्षक ,शिक्षिककाहरुको उपस्थिति रहेको सचिव गोबिन्द राज कट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.