जसपा दमकको अध्यक्षमा भट्टराई

नवनिर्वाचित समितिलाई सपथग्रहण गराईदै

दमक,२४ मंसिर । जनता समाजवादी पार्टी (जसपा )नेपाल दमक नगरको अध्यक्षमा भेषराज भट्टराई चुनिएका छन् । आज पूर्व संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टी वीच भएको समायोजन भेलाले भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय जसपा दमक नगर समिति चयन गठन गरिएको पार्टीले जनाएको छ ।

जसपा प्रदेश १ का सदस्य दिनेश दंगालका अनुसार माथिल्लो पार्टी एकता निर्णय अनुसार स्थानीय तहमा जसपालाई विधिवत घोषणा गरिएको छ । समायोजन भेलाको बैठकले आगामी पुष १ गतेदेखि लागुहुने गरी केन्द्रदेखिनै एकता भएको पार्टी जसपा नगर समितिको गठन गरि नेतृत्व चयन गरिएको उनले बताए । नगर समिति समायोजनको घोषणा आज एक औपचारिक कार्यक्रम गरि गरिएको थियो ।
बैठकले पुष १ देखि ६ महिनासम्म पूर्व नयाँशक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष भेषराज भट्टराईले र त्यसपछि बाँकी ६ महिना पूर्वसंघीय समाजवादी फोरमका दमक अध्यक्ष खेम दाहालले नेतृत्व गर्ने सहमति भएको जसपा प्रदेश सदस्य दंगालले जानकारी दिए ।साथै १ वर्ष भित्रमा जसपा दमक नगर समितिको नगर अधिवेशन सम्पन्न गरिसक्ने पनि उनले बताए ।

साविक संघिय समाजवादी फोरमका नगर अध्यक्ष खेम दाहालको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका अध्यक्ष प्रविण चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेस उपाध्यक्ष उमेश थापा, पार्टीका केन्द्रीय सदस्य तथा प्रदेस सचिव भरत दाहाल, केन्द्रीय सदस्य तारा शर्मा, झापा जिल्ला अध्यक्ष दिपेन बाला राई, संघिय परिषद सदस्य भवानी आङदेम्बे कुमार, प्रदेस सदस्यहरु पदमकुमारी राई,कमन देवान, पवन विष्ट, दिनेस दंगाल, भिमराज राई, सुशील राई, जिल्ला नेता सन्तोष गणेश, प्रदेश क्षेत्र अध्यक्ष दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पार्टी जिल्ला कोषाध्यक्ष तथा सुज अभियान दमक नगर संयोजक राजु खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.