
दमक ,२३ मंसिर । झापाको कमल गाउँपालिका ५ स्थित सिम्लेमा केहिदिन यता दिनहुँ जसो जंगली हात्तीले उपद्रो मच्याउँदै आएको छ ।
बस्तीसंगैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले उपद्रो मच्याउँदै आएपछि त्यहाँको बासिन्दा आंतकीत हुन पुगेका छन् ।
रातीपख देखा पर्ने हात्तीले अन्नवालीसंगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनु परेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पा लगायतका बस्तीमा हात्तीले दिनहुँ जसो उपद्रो गर्दे आएको छ । हिजो मात्र सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुरयाँएको छ । राईको घरमा राखेका धानसहित अन्नवाली खाएर नष्ट पारेको हो ।
दिनुहुँजसो हात्तीले बस्तीमा उपद्रो मच्याउदै आएपछि स्थानीयले हात्ती नियन्त्रणको माग गरिआएका छन् । त्यस बस्तीमा बर्सेनी हात्तीले उपद्रो पुरयाँउदै आएको छ ।