
पथरीशनिश्चरे, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )१ नम्बर प्रदेश कमिटीको सदस्यमा पथरीशनिश्चरे नगर क्षेत्रबाट ६ जना मनोनित भएका छन् ।
दलको यस नगर क्षेत्रबाट क्रमशः चण्डी राई, मान प्रसाद लिम्बू , कुमार चाम्लिङ ,टँक भण्डारी ,दिपक वस्नेत, विनोद पाहिमले उक्त पदका लागि जिम्मेवारी प्राप्त गरेका हुन् ।
यसैवीच पार्टी नगर कमिटीका अध्यक्ष तुलसी ढकालले पथरी नगरबाट पार्टी संगठनमा मनोनित भएका सवैको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।